Wednesday, June 12, 2013

राजनितिमा युवाहरु कहिले सम्म शोसित हुने हुन् ?


हिराधन राई 

नयाँ

नेपालको नारा दिएर २०६२/६३ को जनआन्दोलन भएको थियो । आन्दोलनमा युवाहरुको भूमिकालाई लिएर कसैले पनि नजरअन्दाज गर्न सक्दैन । सविधानसभाको विवार्चनमा युवाहरुको उल्लेख्य उपस्थिती पनि देखियो । माओवादीको १० वर्षे जनयुद्ध भयो, रगत बगाउनेहरुमा युवाहरु बढि नै थिए ।
अहिले झण्डै ३० लाख युवाहरु विदेशका विभिन्न ठाउँहरुमा काम गरिरहेका छन् । यो देश सबैलाई प्यारो छ तर सबै भन्दा बढी युवाहरुलाई चाहिएको हुनु पर्दछ । किनकी युवाहरु भनेको वर्तमान मात्र होइनन, भविश्य पनि हुन । 
       हरेक राजनैतिक पार्टीका युवा संगठनहरु छन्, विद्यार्थी सगठनहरु छन् र तिनमा युवाहरु नै छन् । सडक जाम गर्नु पर्‍यो, बन्द हडताल गर्नु परयो , युवाहरुलाई अगाडि लगाउँछन् । तर कुनै पनि पार्टीको शीर्ष स्थानहरुमा युवाहरुको संख्या हातको औलामा गन्न पुग्दैनन् । राष्ट्रको लागि लिनु पर्ने महत्वपुर्ण विषयहरुमा युवाहरुलाई स्थान दिइन्न । सबै पाका उमेरका नेताहरु ऋगाडि बढ्ने गरेका छन् । कुनै पनि पार्टी बनाउन जरुर अग्रज नेताहरुको योगदानलाई भुल्न खोजिएको होइन । तर यो युगको आवाजको प्रतिनीधित्व अब पुराना पुस्ताले मात्र हुन्न । 

 ‘भारतमा काग्रेसका उपाध्याक्ष राहुल गान्धी, उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादव छिमेकी देशमा युवा नेतृत्वका उदाहरणहरु हुन  । यस्तै भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री समेत भएका अटलविहारी बाजपेइले समयमै सक्रिय राजनीतिबाट विदा लिए । चीनमा अहिलेका राष्ट्रपति र प्रिमियर पाचौ पुस्ताका नेतृत्व हुन । अमेरीकामा २ पटक भन्दा वढी राष्ट्र्रपति बन्न नपाउने प्रावधान नै छ । यसले युवाहरुलाई अगाडि आउन सहयोग गर्दछ ।

केयौ देशमा हामीहरु देख्छौ एउटा कालखण्ड पुरा गरी सकेपछि नेताहरु राजनीतिबाट विश्राम लिन्छन । जसको कारण नयाँ पुस्ता पुराना पुस्ताको अनुभवलाई लिएर माथि आउन सक्दछन् । उनीहरु साग केही गरौ भन्ने जोश हुन्छ, साहस हुन्छ र भिजन हुन्छ । सुचना र प्रविधीको परिधीबाट अलग हुन नसक्ने यस्ता युवा पुस्तामा केही काम गरी हालौ भन्ने चेतना देखिन्छ । तर रिटार्यड हुने बेलामा पनि पुरानो पुस्ता तन्नेरी नै रहीरहदा आज देशमा युवाहरु नेतृत्व पछाडि परेका छन् । केयौ त राजनीतिबाट नै पलायन भइरहेका छन् । अहिले देशमा भइरहेको राजनैतिक गतिरोधको कारण पनि पुरानो पुस्ताको सोच्ने शैली र गति नै हो । आज नभए के हुन्छ भोलि गरौला भन्दै समय गुज्रिरहेको छ । केही शीर्ष स्थान हावी भएका नेताहरुको राजनैतिक दाउपेचले गर्दा देश अनिर्णयको बन्दी छ । भारतमै हेरौ न , पुरानो पुस्ताले विस्तारै युवाहरुलाई राजनीतिमा अगाडि कसरी ल्याइरहेको छ । भारतमा काग्रेसका उपाध्याक्ष राहुल गान्धीे , उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादव छिमेकी देशमा युवा नेतृत्वका उदाहरणहरु हुन  । यस्तै भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री समेत भएका अटलविहारी बाजपेइले समयमै सक्रिय राजनीतिबाट विदा लिए । चीनमा अहिलेका राष्ट्रपति र प्रिमियर पााचौ पुस्ताका नेतृत्व हुन । अमेरीकामा २ पटक भन्दा वढी राष्ट्र्रपति बन्न नपाउने प्रावधान नै छ । यसले युवाहरुलाई अगाडि आउन सहयोग गर्दछ । तर हाम्रो देशको हकमा त्यस्तो छैन । नमरुन्जेल राजनीतिलाई दुहुनो गाई बनाइ खाइरहने मानसिकताको कारण पाको पुस्ता पुरातन सोचका साथ नेतृत्वमा हरदम हावी भइरहेको छ । नेपालको राजनैतिक पार्टीहरुमा युवाहरु नभएकै भने होइनन् , प्रशस्त छन् । काग्रेस, एमाले, एमाओवादी, मदेसवादी सबै दलहरुमा युवाहरु देखिन्छन तर ती दविएर बसेका छन् । उनीहरु विभिन्न पार्टीमा खुम्चिएर बसेका छन् । केही युवा नेताहरुको पार्टीको माथिल्लो तहमा पुगिसकेर पनि अन्तरपार्टी सघर्षका कारण पलायन भएका देखिन्छन्, भने केही हरेक पार्टी भित्र भएको गुटबन्दीको शिकार भएका छन् । कति पार्टीका माथिल्लो पुस्ताका अरौटे भएर बसीरहेका छन् । नेपालमा पुरानो पुस्ता र नयाा युवा पुस्ता विचको यो खाडल कायम रहेसम्म कुनै पनि राजनैतिक निर्णयहरुले गति लिने देखिन्न । पुस्तान्तरणको यो चक्करले २ करोड ६६ लाख जनताको जीवन बर्वाद पारिरहेछ ।

Wednesday, June 5, 2013

झण्डा मुनि साकेला ?


सइन्द्र राई 





‘अग्रजहरुले भने, साकेला भनेको संस्कृति हो । संस्कृतिको पनि कतै प्रतियोगिता हुन्छ ? दशैंको टीका, तिहारको भाईटीकामा प्रतियोगिता हुन्छ ? न्वारान र विवाहको प्रतियोगिता हुन्छ ? हुादैन भने सोकला, लाखेजात्रा, देवालीहरुको पनि हुादैन ।’



ढोलझ्याम्टा संस्कृति संरक्षक मात्रै होइनन् सञ्चारक पनि हो । यो जीवन र जगतको अनुभूति हो । यसको आवाजले विषेश अर्थ राख्छ । हावा, पानी, जमिन, आकाश र सुर्य जस्तै हुन् । यी पञ्चतत्वको प्रतिविम्व हुन् । जीवन र सृष्टिको परिचायक हुन् । एउटा जाति (राष्ट्र) रहनुको आधार हुन् । एउटा समुदायका मानिस जन्मेदेखि मृत्युपर्यान्तका दश कर्मका सारथी हुन् । आस्था र विश्वासका धरोहर हुन् । यिनै ढोलझ्याम्टा जीवन सहजताको कामना गर्ने साधन पनि बनेर आउाछ । र, हरेक वर्ष दुई पटक आकाश गर्जाउने आवाजले एउटा बन्धन कसिदिन्छ । एउटा संस्कृतिको दायराभित्र पञ्चतत्व(प्रकृति)को पूजा गर्न उत्प्रेरित गरिदिन्छ । यसको आवाजले सिागो समुदायलाई एउटा जातिको परिभाषा गरिदिन्छ । त्यो आवाजले दिने नाम हो–किरात ।
किरात संस्कृतिको साधन रहेको ढोलझ्याम्टा प्रयोगको विधि पनि छ । यसको आवाज साधै आउादैन, व्यवस्थापनको नियम छ । यो प्रतीक भएकाले साधै बजाउान पाइदैन ।सास्कृतिक विधि अनुसार ढोलझ्याम्टाको आवाज आउाछ । शुभ कर्महरुमा जब यसको आवाज सुनिन्छ । यसले खुशीका रंगहरु छर्छन् । हसाउाछन् । अशुभ कर्महरुमा जब बज्दछ, दुखका कणहरु भरिदिन्छन् । यसले रुवाउाछन् । एउटा जीवनको परिभाषा दिन्छ । यसरी सिंगो समुदायलाई गोलबन्द गरिदिन्छ । सह–भावको बन्धन कसिदिन्छ । यस बाहेक ढोलझ्याम्टाको आवाज उभौली (चण्डीपूर्णिमा) र उधौली (धन्यपूर्णिमा)मा सुनिन्छ । बिधिपूर्बक शुरु र अन्त्य हुने साकेला (चण्डीनाच) अवधिभर यसको आवाजले सबैलाई नचाउाछ । नाच्दानाच्दै एउटा समुदायको अस्तित्वको सञ्चार भइसकेको हुन्छ ।
प्रकृतिपूजक यी समुदायले अन्नबाली सप्रियोस्, बाढी पहिरो नजाओस्, सुब्यफाव्य होस् भन्ने कामना गर्न मात्रै साकेला मान्दैनन् । उनीहरुले मानिसको आदिकालदेखि यहासम्म आइपुग्दाका विकास चरणहरुको चित्रण गर्छन् । मानिस र प्रकृतिका अन्य अवयवहरुबीचको सह–सम्बन्धलाई चित्रण गर्छन् । त्यो चित्रणको विधिलाई शिली भनिन्छ । साकेला शिली कसैलाई हराउान र कसैलाई जिताउान प्रयोग गरिदैन । मानवीय शान्ति र सू–सम्बन्ध कायम राख्न मद्दत पुर्‍याउने साधनको रुपमा प्रयोग गरिन्छ । मैले अनुभूत गर्दै आएको साकेला कुनै पार्टी र व्यक्ति जिताउन होइन, सिंगो समुदायको परिचायक हो । अहिले जसरी यसको व्याख्या र व्यवहार भइरहेको छ, यसमा सहमत हुन सकिदैन ।
शाहवंशीय शासकले थुप्रै राष्ट्रहरुलाई एक बनाउने क्रममा निषेधको नीति अख्तियार गर्‍यो । बहुलताभित्र राष्ट्रियता देखेनन् । छुट्टै राज्यका साथ अवस्थित राष्ट्रहरुलाई एउटै राज्य बनाउने क्रममा ती राष्ट्रहरुको अस्तित्व समेत नामेट पारियो । एउटै राज्यभित्र पनि थुप्रै राष्ट्रहरु रहन सक्छन्, त्यसलाई अवलम्बन गरिएन । जस्को परिणाम थुप्रै राष्ट्र(जाति)हरुको अवसान भयो । हुने अवस्थामा पुग्यो । यी कालखण्डमा ढोलझ्याम्टाले प्रतिनीधित्व गर्ने  जातिको अस्तित्व पनि ओझेलमै थियो । यसको आवाजले कुनै जीवनको अनुभूति दिलाउन सकेको थिएन । समयान्तरमा ०४७ को संविधानले राजनीतिकसागै अन्य पक्षको अस्तित्वलाई पनि स्वीकार्‍यो । अर्थात बहुलतालाई स्वीकार्ने नीति लियो । मारिएका/दबाइएका/निषेध गरिएका जातिहरुको आवाज उठ्न थाल्यो । तर, नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत हुन नपाउादै माओवादीले हिंसात्मक राजनीति थाल्यो । यसको शिकार फेरी पनि ढोलझ्याम्टाको आवाज नै बन्यो । उभौली र उधौलीमा मात्रै होइनन्, छोरी अन्माउादा समेत ढोलझ्याम्टा बजााउन बर्जित गरियो । साकेला नाच्नेहरुलाई सेनाले निर्मम यातना दिइएको घाउा आलै छन् । गाउामा कि माओवादी कि शाही सेनाको राष्ट्रियताले राज गर्‍यो, ढोलझ्याम्टा ओझेलमै पर्‍यो ।

अहिले नेपाल राज्यभित्र थुप्रै राष्ट्रहरु पुनस्थापित भएका छन् । दोस्रो जनआन्दोलनपछिको अन्तरिम संविधानले नेपाली राष्ट्रियतालाई बहुलता भनी परिभाषित गरेपछि यो छुट मिलेको हो । हरेक जातिको अस्तित्वलाई संविधानले स्वीकारिसकेको छ । हिजोजस्तो जातीय पहिचान झल्काउने गतिविधि गरेकै कारण कसैले जेल बस्नुपर्दैन । साास्कृतिक अधिकारसहितको संविधानले अव कुनै जातिको जन्म, विवाह, मृत्यु जस्ता कर्महरु उसैको साास्कृतिक विधि अनुसार गर्नलाई बर्जित गर्दैन । तर, यी उपलब्धीको दुरुपयोग हुन थालेको प्रति बहस पनि सुनिन थालेको छ । विषेश गरेर राजनीतिक दलहरुले दलगत स्वार्थमा यसको दुरुप्रयोग गर्न थालेकोप्रति नछुङ (किरााती समुदायका अग्रज) हरु चिन्तित छन् । ०६२/६३ पछि साास्कृतिक मान्यता मिचेर दलहरुले ती समुदायलाई आकर्षित पार्न जथाभावी ढोलझ्याम्टा प्रदर्शन गर्न थाले । माओवादीले थालेको दुरुपयोगलाई कांग्रेस एमाले लगायतका दलहरुले पनि अनुशरण गर्‍यो । यसअघि अन्य दलहरुले दुरुपयोग नगरेको भन्न खोजिएको चाही होइन । यसरी, दलहरुले अधिकार दिने, संस्कृतिको संरक्षण गर्ने नाममा आफ्नो दललाई चाहिएको बेला साास्कृतिक मान्यता मिचेर दुरुपयोग थर्न थाल्यो ।
दुरुपयोगको यो क्रमलाई रोक्नुपर्छ भनेर मााझकिराातले चिनिने राईहरुको बहुलता रहेको खोटाङमा चार वर्षअघि बहस भएको थियो । त्यसपछि नछुङहरुको सुझाबसहित दलगत दुरुपयोग रोक्ने निर्णय भयो । संवद्र्धनका नाममा भइरहेका बिकृति केही हदसम्म रोक्ने प्रयास भएको थियो । यतिसम्म कि राजनीतिक दलहरुले भोटकै लागि साकेला शिली प्रतियोगिता गराउन थाले । अग्रजहरुले भने, साकेला भनेको संस्कृति हो । संस्कृतिको पनि कतै प्रतियोगिता हुन्छ ? दशैंको टीका, तिहारको भाईटीकामा प्रतियोगिता हुन्छ ? न्वारान र विवाहको प्रतियोगिता हुन्छ ? हुादैन भने सोकला, लाखेजात्रा, देवालीहरुको पनि हुादैन ।
हुादाहुादा सहअस्तित्वसहितको अधिकारका लागि भन्दा पनि नाम जोडेर ठेकेदार बनिटोपलेका दलहरुले साकेलाको सेउली (जसलाई घुमाउादै चण्डी नाचिन्छ) माथि झण्डा राख्न थालेछन् । उनीहरुले बुझ्नुपर्ने हो, कुनै संस्कृति राजनीतिक हतियार बनाउानु उचित होइन । त्यसमा नेपाल जस्तो बहुराजनीतिक दल भएको देशमा । यहा एउटा समुदायका मानिस विभिन्न दलमा आवद्ध हुन्छन्, एउटा दलमा विभिन्न समुदायबाट आएका हुन्छन् । यसैले बहुजातीय, बहुभाषिक, बहुसास्कृतिक र बहुराजनीतिक पक्षहरुलाई एउटै मालामा उन्न सघाएका छन् । यसबाट मात्रै देशका हरेक नागरिक अधिकार सम्पन्न हुन्छन्, राष्ट्र समृद्ध बन्छन् । व्यक्तिगत स्वार्थका लागि बनेको जातीय अतिवादीहरुले भनेजसरी होइन । निषेधको नीतिबाट बन्ने संविधानले होइन, सहअस्तित्वको संस्कारबाट अग्रगमण संभव छ ।
दुख:द् पक्ष डलरसागै पश्चिमाहरुले पठाएको संस्कारले नेपालका जातीय समुदाय बच्न सकेनन् । हाम्रो साास्कृतिक समुदाय यति बलियो छ, जसलाई चलाउन अध्यक्ष र सचिब जरुरत छैन । यो कृतिम संगठन होइन, प्राकृतिक जीवन हो । जसरी दशैंको टीका, तिहारको  भाईटीका कसैको अध्यक्षतामा आयोजना हुादैनन्, त्यसैगरी साकेला, ल्होसार, इदहरुको पनि हुादैन । पश्चिमाहरुसाग हामीजस्तो बलियो संस्कृति छैन । उनीहरु कृतिम नियमबाट चलेका छन् । उनीहरु र हामीमा धेरै फरक छन् । हामीले हाम्रो विशिष्टता भुल्न हुादैन । साकेलामा जातीय, राजनीतिक वा साास्कृतिक नेताहरुको भाषण सुन्न होइन, आफ्नो सास्कृति मनाउन भेला भइन्छ । हामीसाग भएका संस्कृति कृतिम होइनन्, हामी कृतिम विचार सुन्न चाहादैनौं ।